मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नयाँ सार्वजनिक सवारी दर्तामा सरकारको रोक, विद्युतीय सवारी पनि प्रभावित

1.3K
SHARES
नयाँ सार्वजनिक सवारी दर्तामा सरकारको रोक, विद्युतीय सवारी पनि प्रभावित

काठमाडौं । देशभर बढ्दो वायु प्रदूषण, सवारी चाप र सार्वजनिक यातायात क्षेत्रको अव्यवस्थापनलाई नियन्त्रण गर्ने उद्देश्यले सरकारले नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक लगाएको छ । यातायात व्यवस्था विभागले बिहीबार सातै प्रदेशका सम्बन्धित मन्त्रालय तथा स्थानीय तहलाई परिपत्र जारी गर्दै अर्को सूचना नभएसम्म सार्वजनिक प्रयोजनका कुनै पनि नयाँ सवारी साधन दर्ता नगर्न निर्देशन दिएको हो ।

यो निर्णयसँगै अब देशभर पेट्रोलियमबाट चल्ने मात्र होइन, विद्युतीय (इलेक्ट्रिक) सार्वजनिक सवारी साधनको नयाँ दर्तासमेत रोकिने भएको छ । विभागका अनुसार पछिल्लो समय सडकमा अत्यधिक सवारी चाप बढ्दा ट्राफिक जाम, दुर्घटनाको जोखिम र वातावरणीय प्रदूषण झन् गम्भीर बन्दै गएको छ ।

विभागले सार्वजनिक यातायातको वैज्ञानिक तथा व्यवस्थित सञ्चालन हुन नसक्दा सर्वसाधारणले दैनिक आवागमनमा समस्या भोग्नुपरेको उल्लेख गरेको छ । इन्धनको मूल्यवृद्धि, सवारी साधनको अनियन्त्रित विस्तार तथा सडक पूर्वाधारको सीमित क्षमताले यातायात प्रणाली थप अस्तव्यस्त बनेको निष्कर्षसहित यस्तो कदम चालिएको जनाइएको छ ।

सरकारले ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा २४ को उपदफा (३) अनुसार सार्वजनिक हितका लागि आवश्यक परे सवारी दर्तामा रोक लगाउन सक्ने कानुनी अधिकार प्रयोग गरेको जनाएको छ । उक्त कानुनले वातावरणीय असर, सडकको अवस्था वा सवारीको अत्यधिक चापजस्ता कारण देखाएर निश्चित प्रकारका सवारी साधनको दर्ता अस्थायी रूपमा रोक्न सकिने व्यवस्था गरेको छ ।

यातायात व्यवस्था विभागका अनुसार सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउने दीर्घकालीन योजना तयार नभएसम्म यो निर्णय कायम रहनेछ । सरकारको यो कदमले नयाँ लगानी गर्न तयारीमा रहेका यातायात व्यवसायी तथा विद्युतीय सवारी प्रवर्द्धनमा लागेका कम्पनीहरू प्रभावित हुने अनुमान गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ८, शुक्रबार ००:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP