मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बुधबार देशका यी नदीहरूमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह

2K
SHARES
बुधबार देशका यी नदीहरूमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह

काठमाडौं । हाल नेपालको अधिकांश भागमा मनसुनी प्रणाली सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानमै रहेकोले देशभर सामान्य बदली छ भने केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा लगातार झिनो वर्षा भइरहे पनि प्रमुख नदीहरूको बहाव हाल सतर्कता तहभन्दा मुनि रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूमा बाढीको तत्काल उच्च जोखिम छैन ।

तर बुधबारका लागि केही पहाडी तथा हिमाली जिल्लामा आकस्मिक बाढीको सम्भावना मध्यमदेखि उच्च रहेको महाशाखाले सचेत गराएको छ । विशेष गरी सङ्खुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, रुकुम पश्चिम, बझाङ, बाजुरा, अछाम, डोटी, डोल्पा, मुगु र हुम्ला लगायत क्षेत्र हुँदै बहने साना नदी तथा खोलामा पानीको बहाव अचानक बढ्ने सम्भावना रहेको छ ।

यसका साथै ताप्लेजुङ, पाँचथर, ओखलढुङ्गा, काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर), काभ्रेपलाञ्चोक, चितवन, गोरखा, लमजुङ, कास्की, बागलुङ, म्याग्दी, पर्वत, रुकुम पूर्व, जाजरकोट, दैलेख र सुर्खेत जिल्लाका खोलानालामा पनि बहाव बढ्ने सम्भावना मध्यमस्तरको रहेको अनुमान गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाले ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन, नदी किनारामा अनावश्यक गतिविधि नगर्न र सूचना प्रणालीमार्फत अपडेट रहन अनुरोध गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १४, बुधबार ०४:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP