मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेलाडी संघ र एन्फाबीच सहमति, एन्फा मुख्यालयको तालाबन्दी खुल्यो

897
SHARES
खेलाडी संघ र एन्फाबीच सहमति, एन्फा मुख्यालयको तालाबन्दी खुल्यो

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल फुटबल खेलाडी संघबीच वार्ता सफल भएपछि एन्फा मुख्यालयमा लगाइएको तालाबन्दी खुलेको छ ।

खेलाडी संघले अघि सारेका मागबारे सहमति जुटेपछि मंगलबार खेलाडीहरूले एन्फा परिसरमा लगाएको ताला खोलेका हुन् । सहमति भएपछि दुवै पक्षबीच विवाद समाधानतर्फ अघि बढेको बताइएको छ ।

यसअघि आइतबार खेलाडीहरूले एन्फा परिसरमा विरोध प्रदर्शन गर्दै तीन बुँदे माग राखी तालाबन्दी गरेका थिए । खेलाडी संघले सहिद स्मारक ‘ए’ डिभिजन लिग सञ्चालनको सुनिश्चितता माग गर्दै प्रतियोगिताको मिति तत्काल तोक्नुपर्ने माग गरेको थियो ।

त्यसैगरी खेलाडी अक्षय कोषको विस्तृत विवरण सार्वजनिक गर्नुपर्ने, गत वर्ष एकै प्रतियोगिताबाट जम्मा भएको ६५ लाख रुपैयाँको जानकारी दिनुपर्ने तथा खेलाडीहरूको तलब, भत्ता र पुरस्कार रकम उपलब्ध गराउनुपर्ने माग पनि राखिएको थियो । खेलाडीहरूले सन् २०१७ यताका बाँकी पुरस्कार तथा नियमित तलब–भत्ता उपलब्ध गराउनुपर्ने बताएका थिए ।

खेलाडी संघका अनुसार उक्त विषय हालको एन्फा कार्यसमिति बैठकबाट समेत पास भइसकेको छ ।

यसअघि पटक–पटक वार्ता र सडक संघर्षका बाबजुद एन्फाले मागहरू बेवास्ता गरेको भन्दै खेलाडी संघले एन्फा मुख्यालयमा तालाबन्दी गर्नुपरेको जनाएको थियो । सोमबार भने एन्फाले विज्ञप्ति जारी गर्दै खेलाडी संघको कदमप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन २६, मंगलवार १०:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP