मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

‘जेन जी युवाले मतदाता परिचयपत्र बनाएर मतदानमा सहभागी होऔं’ : प्रधानमन्त्री कार्की

2.1K
SHARES
‘जेन जी युवाले मतदाता परिचयपत्र बनाएर मतदानमा सहभागी होऔं’ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देश विकास र सुशासनको यात्रामा नयाँ पुस्ता — विशेष गरी जेन जी युवाहरूलाई सक्रिय रूपमा मतदानमा सहभागी हुन आग्रह गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले सन्देशमार्फत भनिन्, “जेन जी युवा र समस्त नेपालीको सपनाको नेपाललाई यथार्थको नेपाल बनाउन सबैभन्दा पहिला तपाईं(हामीले हाम्रो मतदाता परिचयपत्र बनाउनुपर्छ ।”

उनले लोकतान्त्रिक समाजमा नागरिकको सपना साकार पार्ने दुई आधारभूत साधन भएको उल्लेख गर्दै पहिलो साधन नागरिकको विवेक रहेको बताइन् ।
“त्यो विवेक जसले सही गर्छ, गलत गर्दैन र गलत गर्न पनि दिँदैन,” प्रधानमन्त्रीले भनिन् ।

त्यसपछि उनले दोस्रो साधनका रूपमा उक्त विवेक प्रयोग गर्ने आधिकारिक उपकरण मतदाता परिचयपत्र भएको बताइन् । उनका शब्दमा, “जेन जी युवा र समस्त नेपालीको सपनाको नेपाललाई यथार्थको नेपाल बनाउन सबैभन्दा पहिला तपाईँ(हामीले हाम्रो मतदाता परिचयपत्र बनाउनुपर्छ । अनि त्यसको सही उपयोग गरेर सही प्रतिनिधि छान्नुपर्छ — अथवा आफैं सही प्रतिनिधि बन्नुपर्छ ।”

प्रधानमन्त्री कार्कीले विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अघि बढ्न हरेक योग्य नागरिकले आफ्नो मताधिकारको सदुपयोग गर्नुपर्ने उल्लेख गरिन् । उनले सन्देशमा थपिन्, “मताधिकारको सदुपयोग गर्न नजिकैको निर्वाचन कार्यालय गएर आजै मतदाता परिचयपत्र बनाऔं ।”



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २१, शुक्रबार १५:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP