मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मौसम पूर्वानुमान: हिमाली क्षेत्रमा बादल, तराईमा गर्मी बढ्ने सम्भावना

0
SHARES
मौसम पूर्वानुमान: हिमाली क्षेत्रमा बादल, तराईमा गर्मी बढ्ने सम्भावना

काठमाडौं । नेपालमा हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको असर विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा देखिनेछ, जहाँ सामान्यतया बादल लाग्ने अनुमान गरिएको छ ।

आज दिउँसो हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना छ । तराई क्षेत्रमा भने मौसम मुख्यतः सफा रहने बताइएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ ।

यसैबीच मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई तथा उपत्यकामा गर्मी बढ्ने अनुमान गरिएको छ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहर चल्न सक्ने चेतावनी दिइएको छ ।

आज राति कोशी प्रदेशको पहाडी र हिमाली भूभागसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । साथै, कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख १०, बिहीबार ००:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP