मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रवि लामिछाने प्रकरणः उच्च अदालतको कैफियत प्रतिवेदन माग

1.4K
SHARES
रवि लामिछाने प्रकरणः उच्च अदालतको कैफियत प्रतिवेदन माग

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ ।

बुधबार न्यायाधीश सागर विष्टको एकल इजलासले आदेश जारी गर्दै जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको मुद्दादेखि प्रारम्भिक आदेश, थुनछेक बहस, धरौटी वा थुनासम्बन्धी आदेश, पुनरावलोकन र अन्तिम निर्णयसम्मका सम्पूर्ण विवरण पेश गर्न माग गरेको हो ।

जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई धरौटीमा छाड्न अस्वीकार गरेपछि उनले उच्च अदालतमा पुनरावेदन गरेका थिए । लामिछानेकी पत्नी निकिता पौडेलले ९ भदौमा उच्च अदालत बुटवलमा निवेदन दिँदै श्रीमान् जेलमा सुरक्षित नरहेको दाबी गरेकी थिइन् ।

गत साउन २६ गते जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले लामिछानेलाई धरौटी अस्वीकार गरेको थियो । यसअघि बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

हाल लामिछाने पुर्पक्षका लागि नख्खु कारागारमा छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ११, बुधबार ०९:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP