मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोनाल्डोको दुई गोल, उज्वेकिस्तानमाथि पोर्चुगलको फराकिलो जित

520
SHARES
रोनाल्डोको दुई गोल, उज्वेकिस्तानमाथि पोर्चुगलको फराकिलो जित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत भएको समूह चरणको खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० गोलअन्तरले पराजित गर्दै नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ ।

अमेरिकाको ह्युस्टनमा गएराति सम्पन्न खेलमा कप्तान क्रिस्टियानो रोनाल्डो नायक बने । उनले दुई गोल गर्दै टोलीको सहज जितमा महत्वपूर्ण योगदान दिए ।

रोनाल्डोले खेलको छैटौँ मिनेटमै जाओ कान्सेलोको पासमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । उक्त गोलसँगै उनी विश्वकपका ६ फरक संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

पोर्चुगलले १७औँ मिनेटमा नुनो मेन्डेजको उत्कृष्ट फ्रिकिक गोलमार्फत अग्रता दोब्बर बनायो । त्यसपछि ३९औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे ।

विश्वकपमा रोनाल्डोको यो १०औँ गोल हो । यससँगै उनले पोर्चुगलका महान् पूर्वखेलाडी इसेबाउको ९ गोलको कीर्तिमानलाई पछि पारेका छन् ।

दोस्रो हाफमा उज्वेकिस्तानमाथि दबाब कायम राखेको पोर्चुगलले ६०औँ मिनेटमा विपक्षी खेलाडी नेमाटोभको आत्मघाती गोलबाट चौथो सफलता प्राप्त गर्‍यो । खेलको अन्त्यतिर वैकल्पिक खेलाडी राफेल लिओले ८७औँ मिनेटमा गोल गर्दै पोर्चुगलको जितलाई ५–० मा पुर्‍याए ।

यसअघि पहिलो खेलमा डीआर कंगोसँग गोलरहित बराबरी खेलेको पोर्चुगलले दोस्रो खेलमा प्रभावशाली प्रदर्शन गर्दै महत्वपूर्ण तीन अंक जोडेको हो ।

यता, पहिलो पटक विश्वकप खेलिरहेको उज्वेकिस्तान भने लगातार दोस्रो हारपछि समूह चरणबाट बाहिरिने खतारामा पुगेको छ । उसले अब आफ्नो अन्तिम समूह खेलमा डीआर कंगोसँग प्रतिस्पर्धा गर्नेछ ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार १०, बुधबार ००:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP