मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

महिला टी-२०: नेपालको विजयी सुरुवात, मलेसिया दुई विकेटले पराजित

377
SHARES
महिला टी-२०: नेपालको विजयी सुरुवात, मलेसिया दुई विकेटले पराजित

काठमाडौं । मलेसिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले टी–२० अन्तर्राष्ट्रिय श्रृंखलामा सुखद सुरुवात गरेको छ । बुधबार भएको पहिलो खेलमा नेपालले घरेलु टोली मलेसियालाई दुई विकेटले हराएको हो ।

क्वालालम्पुरस्थित वायोमास ओभलमा भएको खेलमा मलेसियाले दिएको ६८ रनको सामान्य लक्ष्य नेपालले १७.३ ओभरमा आठ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा ओपनर सम्झना खड्काले सर्वाधिक ३२ रनको योगदान दिइन् । रुवि पोद्दारले १५ रन बनाउँदा कविता जोशी ६ र रिया शर्मा ४ रनमा अविजित रहे ।

सीता रानामगरले ५ तथा कविता कुँवरले ३ रन जोडिन् । कप्तान इन्दु बर्मा र रुविना क्षेत्री समान १ रनमा आउट हुँदा विन्दु रावल र पूजा महतोले खाता खोल्न सकेनन् ।

मलेसियाका लागि नुर क्वायसाले तीन विकेट लिइन् भने एल्सा हन्टर र आस्या लिसाले समान दुई–दुई विकेट हात पारिन् । नुर डानियाले एक विकेट लिइन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया १६.५ ओभरमा ६७ रनमै समेटिएको थियो । नेपालका बलरहरूले कसिलो प्रदर्शन गर्दै घरेलु टोलीलाई ठूलो स्कोर बनाउन दिएनन् ।

नेपालका लागि पूजा महतोले उत्कृष्ट बलिङ गर्दै १३ रन खर्चेर तीन विकेट लिइन् । मनिषा उपाध्यायले चार ओभरमा एक मेडनसहित १७ रन दिएर दुई विकेट हात पारिन् ।

कविता कुँवरले १२ रन खर्चेर एक विकेट लिँदा रिया शर्माले दुई विकेट आफ्नो नाममा गरिन् । सीता रानामगरले पनि एक विकेट लिइन् ।

मलेसियाका लागि इल्सा हन्टरले सर्वाधिक १० रन बनाइन् । अन्य कुनै ब्याटरले दोहोरो अंक छुन सकेनन् ।

नेपाली टोलीले प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेल शुक्रबार खेल्ने तालिका रहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ६, बुधबार ०७:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP