मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

इरानमाथि अमेरिकी–इजरायली आक्रमणपछि मध्यपूर्वी हवाई क्षेत्र बन्द, नेपालका उडान प्रभावित

2.9K
SHARES
इरानमाथि अमेरिकी–इजरायली आक्रमणपछि मध्यपूर्वी हवाई क्षेत्र बन्द, नेपालका उडान प्रभावित

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले सैन्य आक्रमण गरेपछि मध्यपूर्व क्षेत्रको हवाई क्षेत्र बन्द गरिएको छ । यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको छ ।

आक्रमणपछि कतारले आफ्नो विमानस्थल बन्द गरेको छ भने संयुक्त अरब इमिरेट्स (यूएई) ले दुबई र अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलहरू पनि अस्थायी रूपमा बन्द गरेको जनाएको छ ।

मध्यपूर्वका उडानहरू रोकिएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट मध्यपूर्व गन्तव्यका लागि हुने उडानहरू पनि स्थगित भएका छन् । विमानस्थल कार्यालयले सूचना प्रकाशित गर्दै हालको परिस्थितिका कारण अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएको जानकारी दिएको छ ।

विमानस्थल कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, “मध्यपूर्व क्षेत्रको हालैको हवाई क्षेत्र प्रतिबन्धका कारण केही अन्तर्राष्ट्रिय उडानहरू ढिलाइ, पुनःतालिका वा रद्द हुन सक्ने सम्भावना छ ।”

कार्यालयले अन्तर्राष्ट्रिय उडानका यात्रुहरूलाई विमानस्थल आउनुअघि सम्बन्धित विमान कम्पनीसँग सम्पर्क गर्न आग्रह गरेको छ । सूचनामा भनिएको छ, “यात्रुहरूलाई विमानस्थलतर्फ प्रस्थान गर्नुअघि तल उल्लेखित विमान सेवा कम्पनीहरूसँग आफ्नो उडानको पछिल्लो अवस्था अनिवार्य रूपमा पुष्टि गर्न अनुरोध गरिन्छ ।”

वर्तमान अवस्थाले नेपालबाट मध्यपूर्व जाने तथा त्यहाँबाट नेपाल आउने यात्रुहरूलाई असहजता सिर्जना गरेको छ । विमानस्थल प्रशासनले यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन १६, शनिबार १३:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP