मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ थुनामुक्त

3.4K
SHARES
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ थुनामुक्त

काठमान्डु । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ थुनामुक्त भएका छन् । आइतबार न्यायाधीश डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रसाईँका छोरा निराजन प्रसाईँले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै उनलाई तुरुन्त रिहा गर्न आदेश दिएको हो ।

अदालतले अभिव्यक्तिसम्बन्धी गतिविधिमात्रैका आधारमा गरिएको गिरफ्तारी संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रताको उल्लङ्घन ठहरिएको उल्लेख गरेको छ । आदेशमा भनिएको छ कि २०८२ मंसिर ६ गते प्रसाईँ संलग्न ‘महाअभियान’ कार्यक्रम शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने सहमति भइसकेको जानकारी इजलासमा पेश भइसकेको अवस्थालाई दृष्टिगत गर्दा उनलाई हिरासतमा राखिरहनुपर्ने कानुनी औचित्य बाँकी नरहेको पाइएको छ ।

त्यसैले, अदालतले प्रसाईँविरुद्ध जारी गरिएको पक्राउ–पूर्जी, म्याद–थप तथा अन्य अनुसन्धानसम्बन्धी सम्पूर्ण प्रक्रिया बदर गरिएको र दुर्गा प्रसाद प्रसाईँलाई गैरकानुनी थुनाबाट तत्काल रिहा गर्ने बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुने निष्कर्ष निकालेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर ७, आईतवार १३:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP