मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

लुम्बिनी र जनकपुर आमनेसामने, प्लेअफ पुग्न दुबै टीमलाई जित्नैपर्ने

3K
SHARES
लुम्बिनी र जनकपुर आमनेसामने, प्लेअफ पुग्न दुबै टीमलाई जित्नैपर्ने

काठमान्डु । नेपाल प्रिमियर लिग (एनपीएल) टी२० क्रिकेट अन्तर्गत शुक्रबार रोमाञ्चक भिडन्त हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच अपराह्न ४ः०० बजे खेल सुरु हुनेछ ।

रोहितकुमार पौडेल नेतृत्वको लुम्बिनीले हालसम्म ६ खेल खेलेर ६ अंक बटुलेको र तालिकाको चौथो स्थानमा रहेको छ । आरिफ शेखको नेतृत्वमा रहेको जनकपुरले भने पाँच खेलमा २ अंक मात्र जोड्न सकेको छ र तालिकाको पुछारमै छ । दुवै टिम प्लेअफ दौडमा रहेका कारण आजको खेल दुवैका लागि महत्वपूर्ण मानिएको छ।

यदि लुम्बिनीले जनकपुरलाई हराउन सफल रहन्छ भने उनीहरू प्लेअफमा प्रवेश गर्ने चौथो टिमका रूपमा सुनिश्चित हुनेछन् । तर जनकपुरले जित हात पारेमा प्लेअफ समीकरण खुला रहनेछ र अन्य खेलका नतिजा तथा रनरेटले अन्तिम निर्णय गर्नेछ ।

यसअघि नै सुदूरपश्चिम रोयल्स, काठमान्डु गुर्खाज र विराटनगर सुपर किंग्स प्लेअफमा स्थान सुरक्षित गरिसकेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १९, शुक्रबार ००:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP