मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कक्षा १२ पुनर्योगका लागि साउन २९ सम्म आवेदन दिन सकिने

2.7K
SHARES
कक्षा १२ पुनर्योगका लागि साउन २९ सम्म आवेदन दिन सकिने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफलमा असन्तुष्टि जनाएका विद्यार्थीका लागि पुनर्योग (रिभ्युल) प्रक्रिया खुला गरेको छ । पुनर्योगका लागि विद्यार्थीहरूले साउन २९ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले सोमबार सूचना प्रकाशित गर्दै पुनर्योग गर्न इच्छुक विद्यार्थीलाई तोकिएको म्यादभित्र निवेदन दिन आग्रह गरेको हो । कार्यालयका अनुसार पुनर्योगको आवेदन केवल अनलाइन प्रणालीमार्फत मात्र स्वीकृत हुनेछ ।

गत वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको कक्षा १२ को नियमित तथा आंशिक परीक्षाको नतिजा बोर्डले साउन १९ गते सार्वजनिक गरेको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २०, मंगलवार ०५:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP