मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर वर्षाको प्रभाव, केही क्षेत्रमा भारी वर्षाको चेतावनी

0
SHARES
देशभर वर्षाको प्रभाव, केही क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौं । आज देशभर मौसम बदली भई वर्षाको गतिविधि व्यापक रहने भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली, पहाडी र तराईका विभिन्न क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ ।

दिउँसो हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षासँगै हिमपात हुन सक्ने अनुमान गरिएको छ । पहाडी क्षेत्रका धेरै स्थान तथा तराईका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

विशेषगरी कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ ।

रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली कायम रहने पूर्वानुमान छ । हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहँदा कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ ।

त्यसैगरी कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका थोरै स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण २०, बुधबार ००:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP