मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनसुन सक्रिय, आज पनि देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

351
SHARES
मनसुन सक्रिय, आज पनि देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज (आइतबार) पनि विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा आफ्नो औसत अवस्थाकै आसपास रहेकाले मौसममा बदली र वर्षाको क्रम जारी रहने देखिएको हो ।

महाशाखाले हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने तथा तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहने जनाएको छ । पहाडी र हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।

यस्तै, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान तथा कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

विभागले विशेषगरी बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै ती क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ । विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हल्का हिमपातसमेत हुन सक्नेछ।

साथै, तराईका केही स्थानमा पनि राति मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा रातिको समयमा पनि भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो र आकस्मिक जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण १०, आईतवार ००:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP