मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

निर्वाचन नै राजनीतिक निकासको एकमात्र विकल्प : प्रचण्ड

2K
SHARES
निर्वाचन नै राजनीतिक निकासको एकमात्र विकल्प : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमबाट देशलाई निकास दिने सबैभन्दा उपयुक्त र विश्वसनीय विकल्प निर्वाचन नै भएको बताएका छन् । पूर्वनिर्धारित मितिमा निर्वाचन गराउने बाहेक अन्य विकल्पबारे सोच्नु देशका लागि जोखिमपूर्ण हुने उनको भनाइ छ ।

आज बानेश्वर क्याम्पसमा स्ववियुले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले भने, “यो देशलाई निकास दिने अब निर्वाचनमात्रै सबैभन्दा राम्रो विकल्प हो । अन्य विकल्पतिर सोच्यौँ भने फेरि देश अर्को दुर्घटनातिर जान सक्छ ।”

निर्वाचनकै माध्यमबाट देशलाई स्थिरता र विकासको नयाँ प्रक्रियामा अघि बढाउन सकिने दाबी गर्दै उनले सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुने वातावरण बनेको पनि उल्लेख गरे ।

फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउने तयारी भइरहँदा आफूलाई खुसी लागेको भन्दै प्रचण्डले लोकतान्त्रिक प्रक्रियाप्रति जनविश्वास मजबुत हुँदै गएको संकेत भएको बताए ।

उनले शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता आधारभूत विषय राज्यको दायित्वभित्र पर्नुपर्ने र अन्ततः ती सेवा निःशुल्क हुनुपर्नेमा आफ्नो पार्टीको स्पष्ट धारणा रहेको पनि बताए । “आउने दिनमा त्यसका लागि हामी आफ्नो ठाउँबाट निरन्तर प्रयास गर्नेछौँ भन्ने विश्वास म तपाईंहरूलाई दिलाउन चाहन्छु,” प्रचण्डले भने ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष १४, सोमबार ०४:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP