मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भुक्तानी नआएपछि त्रिवि शिक्षण अस्पतालले स्थगित गर्यो स्वास्थ्य बीमा

1.3K
SHARES
भुक्तानी नआएपछि त्रिवि शिक्षण अस्पतालले स्थगित गर्यो स्वास्थ्य बीमा

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत प्रदान गर्दै आएको उपचार सेवा स्थगित गरेको छ । स्वास्थ्य बीमा बोर्डबाट लामो समयदेखि भुक्तानी नआएपछि अस्पतालले बाध्य भएर सेवा बन्द गर्ने निर्णय लिएको जनाएको छ ।

अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार बिहीबारदेखि स्वास्थ्य बीमा कार्यक्रममार्फत गरिने सबै प्रकारका उपचार सेवा बन्द गरिएको हो । बीमामार्फत उपचार गराएको रकम बोर्डले समयमै भुक्तानी नगर्दा कार्यक्रमलाई निरन्तरता दिन नसकिएको उनले स्पष्ट पारे ।

हाल अस्पतालले स्वास्थ्य बीमामार्फत उपचार गरेका बिरामीको करिब ४० करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको छ। बीमा कार्यक्रमअन्तर्गत अस्पतालले मासिक करिब दुई करोड रुपैयाँ बराबरको सेवा उपलब्ध गराउँदै आएको थियो । तर, उक्त रकम समयमै प्राप्त नहुँदा अस्पतालको आर्थिक व्यवस्थापनमा गम्भीर असर परेको सूचना अधिकारी रोस्याराले बताए ।

उनका अनुसार आन्तरिक स्रोतबाट खर्च धान्दै बीमा सेवा सञ्चालन गर्दा अस्पतालले प्रत्येक महिना करिब दुई करोड रुपैयाँ घाटा व्यहोर्नुपरेको थियो । यसले अस्पतालको नियमित सेवा र व्यवस्थापनमा समेत समस्या सिर्जना गरेको छ ।

त्रिवि शिक्षण अस्पतालले २०७७ सालदेखि नियमित रूपमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आएको थियो। बीमा वापतको रकम भुक्तानी गर्न अस्पतालले पछिल्ला दुई वर्षदेखि स्वास्थ्य बीमा बोर्डलाई पटक–पटक आग्रह गरे पनि सुनुवाइ नभएको गुनासो अस्पताल प्रशासनको छ ।

सेवा बन्द भएसँगै स्वास्थ्य बीमा कार्ड प्रयोग गरी उपचार गराउँदै आएका बिरामीहरू प्रत्यक्ष प्रभावित हुने भएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २, शुक्रबार ०१:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP