मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीन बन्द

2.8K
SHARES
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालीन बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ । मंगलबारबाट सुरु गरिएको बन्द कहिले खुल्ने भन्ने विषयमा अहिले कुनै निश्चित समयसिमा छैन ।

विमानस्थल कार्यालयले जारी गरेको सूचनामा विषम परिस्थितिका कारण अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण उडान सेवा स्थगित गरिएको जानकारी दिएको छ । कार्यालयले यात्रुहरू तथा सम्बन्धित निकायलाई सहकार्य र धैर्यका लागि अनुरोध पनि गरेको छ ।

यसअघि विमानस्थल आज (बुधबार) दिउँसो १२ बजेबाट खोलिने सूचना दिइएको थियो । तर परिस्थितिको समीक्षा गर्दै निर्णय परिवर्तन गरिएको हो ।

बन्दको कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय दुबै उडान प्रभावित भएका छन् । यात्रुहरू विमानस्थलमै अलमलमा परेका छन् भने कतिपय अन्तर्राष्ट्रिय विमानहरू अन्यत्र मोडिएका छन् ।

सुरक्षा चुनौती वा अन्य कारणले बन्द गरिएको भन्ने अड्कल भए पनि यसबारेमा विमानस्थल कार्यालयले विस्तृत जानकारी सार्वजनिक गरिसकेको छैन । यात्रुहरूलाई आधिकारिक सूचनामार्फत अपडेटको पर्खाइ गर्न आग्रह गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २५, बुधबार ०७:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP