मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विद्युत सुधारका अभियन्ता कुलमान घिसिङ अमेरिका र युरोप भ्रमणमा, प्रवाससँग संवाद र सम्भावनाको खोजी

2.7K
SHARES
विद्युत सुधारका अभियन्ता कुलमान घिसिङ अमेरिका र युरोप भ्रमणमा, प्रवाससँग संवाद र सम्भावनाको खोजी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक तथा ‘लोडसेडिङ अन्त्यका नायक’ भनेर चिनिने कुलमान घिसिङ एक महिने अमेरिका–युरोप भ्रमणमा निस्किएका छन् । उनको यो भ्रमण आगामी साउन ९ (जुलाई २५) देखि भदौ ९ (अगस्ट २५) सम्म रहनेछ ।

यस अवधिमा उनी अमेरिका र युरोपका विभिन्न सहरहरूमा रहेका नेपाली समुदायसँग प्रत्यक्ष भेटघाट गर्ने, विभिन्न अन्तरक्रियात्मक कार्यक्रमहरूमा सहभागी हुने र आफ्ना अनुभवहरू साटासाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

अमेरिका र युरोप भ्रमणको तालिका
भ्रमणको पहिलो चरण अन्तर्गत घिसिङ जुलाई २५ देखि अगस्ट १० सम्म अमेरिका रहनेछन् । यसबीचमा उनी न्यूयोर्क, बोस्टन, टेक्सास र वासिङ्टन डीसीमा आयोजना हुने कार्यक्रमहरूमा सहभागी हुनेछन् । अमेरिकापछि उनले अगस्ट ११ देखि २५ सम्म बेलायत, स्कटल्याण्ड, बेल्जियम र पोर्चुगलको भ्रमण गर्नेछन् ।

अन्ततः उनी अगस्ट २६ मा नेपाल फर्किने कार्यक्रम रहेको छ।

प्रवासी नेपालीसँग प्रत्यक्ष संवाद
यो भ्रमणलाई घिसिङले कुनै सरकारी जिम्मेवारी अन्तर्गत नभई, आफ्नै पहलमा ‘नेपाली समुदायसँगको आत्मीय संवाद’ भन्न खोजेका छन् । उनीनिकट स्रोतका अनुसार प्रवासमा रहेका नेपालीहरूसँगको सम्पर्क र ऊर्जा क्षेत्रमा सम्भावित लगानी तथा सहकार्यका विषयमा पनि छलफल हुनेछ ।

यसअघि उनी बहराइन, युएई, ओमान, कतारजस्ता खाडी मुलुकको भ्रमणमा गईसकेका छन् । ती भ्रमणमा उनले पनि त्यहाँ रहेका नेपालीहरूसँग अन्तर्क्रिया गरेका थिए ।

राजनीतिमा आउने संकेत?
कुलमान घिसिङको पछिल्ला यात्राहरू र प्रवासमा भइरहेका सार्वजनिक कार्यक्रमहरूले उनले राजनीतिको धरातलमा पाइला चाल्न सक्ने अड्कल राजनीतिक वृत्तमा फैलिएको छ ।

अहिलेसम्म उनले प्रत्यक्ष रूपमा राजनीतिमा लाग्ने घोषणा गरेका छैनन्, तर प्रवासमा रहेका नेपालीसँगको नियमित संवाद, संगठनहरूसँगको सहकार्य र सामाजिक सञ्जालमा देखिने सक्रियताले उनले भविष्यमा राजनीतिको बाटो रोज्न सक्ने आँकलन गरिएको हो ।

उनको भ्रमणलाई केहीले ‘नागरिक जनाधार बनाउने’ रणनीतिक यात्रा पनि मानेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ९, शुक्रबार ०५:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP