मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एमाले ११औँ महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि आज मतदान, अध्यक्षमा ओली–पोखरेलबीच प्रतिस्पर्धा

2.3K
SHARES
एमाले ११औँ महाधिवेशन: नयाँ नेतृत्व चयनका लागि आज मतदान, अध्यक्षमा ओली–पोखरेलबीच प्रतिस्पर्धा

काठमान्डु । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज (मंगलबार) नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । केन्द्रीय निर्वाचन आयोगका काठमान्डुस्थिति भृकुटीमण्डपमा दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म मतदान कार्यक्रम सञ्चालन गरिनेछ ।

अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । आयोगले सोमबार राति सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा यी दुई नेताबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको हो ।

महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गरिएको छ । निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार ल्याइएका १०० वटा विद्युतीय भोटिङ मेसिनमध्ये ८० वटा मतदानका लागि प्रयोग गरिनेछन् भने १० वटा अभ्यासका लागि र १० वटा अतिरिक्त मेसिनका रूपमा राखिएका छन् । एक मतदाताले मतदान गर्न करिब २५ देखि ३० मिनेट समय लाग्ने अनुमान गरिएको छ । महाधिवेशनमा कुल २ हजार २६३ प्रतिनिधि सहभागी छन् ।

यसैबीच, नेतृत्व चयन प्रक्रियाअन्तर्गत केही उम्मेदवार केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक नामावलीअनुसार विभिन्न समूहमा एकल उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन् ।

लुम्बिनी प्रदेश: महिलातर्फ गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तीदेवी ढकाल

मधेशी कलस्टर: युवातर्फ अमरकुमार यादव

समावेशी मुस्लिम महिला: खाजिदा खातुन सिद्धकी

समावेशी श्रमिक महिला: कमलादेवी श्रेष्ठ र सीता लामा

पिछडिएको क्षेत्रको महिला: वदमीक्वारी बुढा

प्रवास दक्षिण एशिया: हरिप्रसाद घिमिरे

४० वर्ष मूनिको केन्द्रीय सदस्य युवा: नरेश रोकाया र सुशिलकुमार थापा

केही केन्द्रीय सदस्यसँगै अनुशासन आयोगको अध्यक्षमा प्रा.डा भरतराज पहारी, उपाध्यक्ष चक्रबहादुर पराजुली र सचिवमा डा राजेन्द्र घिमिरे पनि निर्विरोध भएका छन् । त्यस्तै लेखा आयोगको अध्यक्षमा डा. पुष्पराज कँडेल, उपाध्यक्षमा धनेन्द्रराज घिमिरे र सचिवमा ईश्वरीप्रसाद खरेल पनि निर्विरोध निर्वाचित भएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष १, मंगलवार ००:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP