मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपालमा मनसुन सक्रिय, सोमबार मध्यमदेखि भारी वर्षाको सम्भावना

2.6K
SHARES
नेपालमा मनसुन सक्रिय, सोमबार मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा सक्रिय रहेको छ, जसको प्रभावस्वरूप देशभर सामान्य बदली देखिएको छ ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमानअनुसार सोमबार पनि देशभर सामान्यतया बदली रहनेछ । लुम्बिनी प्रदेश सहित देशका पहाडी भूभागका धेरै स्थानहरू र तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

त्यस्तै, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसममा यस्ता परिवर्तनसँगै जलस्रोतमा बहाव बढ्ने, पहिरो तथा बाढीको जोखिम पनि रहन सक्ने भएकाले सतर्कता अपनाउन सुझाव दिइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ३०, सोमबार ००:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP