मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेसले समानुपातिकतर्फ चयन हुने सांसदहरूको नाम टुंग्यायो

1.3K
SHARES
कांग्रेसले समानुपातिकतर्फ चयन हुने सांसदहरूको नाम टुंग्यायो

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फबाट चयन हुने सांसदहरूको नाम टुंग्याएको छ । आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले २० जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको हो ।

बैठकले १५ महिला र ५ पुरुष गरी २० जनाको नाम आयोगमा बुझाउने निर्णय गरेको कांग्रेसले जनाएको छ । पुरुषतर्फ भने विभिन्न क्लस्टरमा बन्दसूचीको पहिलो नम्बरमा रहेका व्यक्तिहरूलाई प्राथमिकतामा राखिएको बताइएको छ ।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार आदिवासी जनजाति र खसआर्य क्लस्टरबाट ६–६ जना समावेश गरिनेछ । त्यस्तै दलित र मधेसी समूहबाट ३–३ जनाको नाम पठाउने निर्णय गरिएको उनले जानकारी दिए ।

यसैगरी मुस्लिम र थारु समुदायबाट १–१ जनाको प्रतिनिधित्व रहनेछ । खसआर्य क्लस्टरअन्तर्गत पिछडिएको क्षेत्रबाट पनि एक जनाको नाम पठाइने चालिसेले बताए ।

कांग्रेसले निर्णय गरेर पठाएको नामावली निर्वाचन आयोगले नै औपचारिक रूपमा सार्वजनिक गर्ने प्रवक्ता चालिसेले जानकारी दिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र १, आईतवार १०:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP