मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

डाइभर्सन निर्माणसँगै बीपी राजमार्ग सञ्चालनमा

1.6K
SHARES
डाइभर्सन निर्माणसँगै बीपी राजमार्ग सञ्चालनमा

काभ्रेपलाञ्चोक । लगातारको वर्षाका कारण तीन दिनदेखि अवरुद्ध बीपी राजमार्ग डाइभर्सन निर्माणपछि पुनः सञ्चालनमा आएको छ ।

रोशी गाउँपालिका–८ चारसयबेँसी र वडा नं. ११ पिप्ले क्षेत्रमा डाइभर्सन तयार भएपछि शुक्रबार दिउँसो करिब पौने १२ बजेदेखि सवारीसाधन चल्न थालेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

चारसयबेँसीस्थित नाङ्साल क्रसरनजिकैको सडक खण्ड माथिबाट सुक्खा पहिरो झर्दै आएकाले सो खण्डमा केही दिनअघि सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको थियो । अहिले रोशीखोला किनारैमा वैकल्पिक बाटो बनाएर आवागमन पुनः सुरु गरिएको हो ।

लगातारको अविरल वर्षाले चौकीडाँडा, बोक्सीकुना, माम्ती, नाङ्साल क्रसर, नार्के, पिन्थलीबेँसी, बिरुवाडाँडा र डालाबेँसी लगायतका स्थानमा पहिरो र लेदोका कारण सडक ठप्प भएको थियो ।

गत असोजमा बगाएको माम्तीको तल्लो भेगमा बनाइएको अस्थायी डाइभर्सन पनि यसपालिको बाढी र लेदोले फेरि अवरुद्ध गरेको थियो । यद्यपि, प्रहरी र स्थानीयको प्रयासमा सो ठाउँमा पनि अहिले आवागमन सहज भएको छ ।

रोशी खोलाको किनारा तथा माथिबाट निरन्तर सुक्खा पहिरो खसिरहेकाले यात्रा गर्दा विशेष सतर्कता अपनाउन जिल्ला प्रशासनले आग्रह गरेको छ ।

गत वर्ष असोज १० देखि १२ गतेसम्मको भारी वर्षाले बीपी राजमार्गका धेरै भाग बगाएको थियो । त्यसपछि अस्थायी डाइभर्सनमार्फत यातायात सञ्चालनमा ल्याइएको थियो, तर असोज १८ र १९ को वर्षाले ती डाइभर्सनहरू पनि पुनः बगाएको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १६, आईतवार ०८:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP