मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

माओवादीको आरोपः ‘कुलिङ पिरियड’ हेरफेरको जिम्मा सभामुखले लिनुपर्छ

2K
SHARES
माओवादीको आरोपः ‘कुलिङ पिरियड’ हेरफेरको जिम्मा सभामुखले लिनुपर्छ

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा गरिएको ‘कुलिङ पिरियड’ सम्वन्धी हेरफेरलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई जिम्मेवार ठहर गरेको छ ।

बुधबार पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले विधेयक प्रक्रियामा भएको हेरफेर आकस्मिक नभई योजनाबद्ध रुपमा गरिएको भन्दै यसको जिम्मेवारी संसद्को नेतृत्वले लिनुपर्ने बताएका हुन् ।

‘समितिबाट सर्वसम्मत सिफारिस गरिएको व्यवस्थामा संसदमा आएपछि फेरबदल हुनु सामान्य होइन,’ उनले भने, ‘यो नियोजित ढंगले गरिएको धृष्टता हो जसको नैतिक जिम्मेवारी सभामुख लगायत संसद नेतृत्वले लिनुपर्छ ।’

सापकोटाले ‘कुलिङ पिरियड’मा भएको हेरफेरलाई गम्भीर प्रकृतिको संसदीय अपराधको संज्ञा दिँदै, यथाशक्य छिटो छानबिन गरी दोषी पहिचान र कारबाही गर्नुपर्नेमा जोड दिए ।

उनका अनुसार, विधेयक पारित गर्ने प्रक्रियामा पारदर्शिता नहुनु र सहमतिअनुसारको व्यवस्था नआउनुले संसद्, संसदीय समिति र सांसदहरूको नैतिकता, निष्ठा र क्षमतामै प्रश्न उठाएको छ ।

‘यस्तो जालसाजीले संसद्माथि जनताको विश्वासलाई गम्भीर रूपमा धक्का दिएको छ,’ उनले भने, ‘संविधानको मर्म र भावनामा चोट पुगेको छ ।’

माओवादी केन्द्रले यस्तो घटनाले संसदीय प्रणालीमाथि अविश्वासको वातावरण सिर्जना गरेको र सुशासनको अपेक्षामै कुठाराघात भएको उल्लेख गरेको छ । सापकोटाले संसदीय मूल्य र मान्यतालाई ठाडो चुनौती दिने काम भएको भन्दै यो विषयमा निष्पक्ष छानबिन आवश्यक रहेको बताए ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार १८, बुधबार ११:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP