मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भोटेकोशीमा पानीको बहाव बढ्यो, बाढीको जोखिमपछि उच्च सतर्कता अपनाउन आग्रह

273
SHARES
भोटेकोशीमा पानीको बहाव बढ्यो, बाढीको जोखिमपछि उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा पुनः पानीको बहाव बढ्न थालेपछि बाढीको जोखिम देखिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी आसपासका बासिन्दा तथा उद्धार र राहतमा खटिएका टोलीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्राधिकरणका अनुसार यही भदौ १० गते विनाशकारी बाढी आएको भोटेकोशी क्षेत्रमा शुक्रबार लेदोसहित पानीको बहाव बढेको सूचना प्राप्त भएको हो । नदीको बहावमा आएको यो परिवर्तनसँगै पुनः ठूलो बाढी आउन सक्ने सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।

भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा उद्धार तथा राहत कार्यमा संलग्न व्यक्ति, सुरक्षाकर्मी तथा अन्य कारणले जोखिम क्षेत्रमा रहेका सबैलाई विशेष सावधानी अपनाउन भनिएको छ ।

प्राधिकरणले जोखिमको संकेत देखिएमा ढिलाइ नगरी सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ । नदीको बहावमा हुने सामान्य परिवर्तनलाई समेत गम्भीर रूपमा लिन र जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नबस्न सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

प्राधिकरणले शुक्रबार जारी गरेको सूचनामा सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सुरक्षा सतर्कता अपनाउन आग्रह गरिएको हो ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र १२, शुक्रबार ०६:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP