मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एनपीएल दोस्रो क्वालिफायरमा आज लुम्बिनी र विराटनगर बीच भिडन्त

2.4K
SHARES
एनपीएल दोस्रो क्वालिफायरमा आज लुम्बिनी र विराटनगर बीच भिडन्त

काठमान्डु । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो क्वालिफायरमा आज लुम्बिनी लायन्स र विराटनगर किंग्स आमनेसामने हुँदै छन् । आज दिउँसो ४ः०० बजे सुरु हुने यो खेलले फाइनल खेल्ने दोस्रो टोलीको निर्णय गर्नेछ ।

राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल नेतृत्वमा रहेको लुम्बिनी इलिमिनेटरमा जित निकाल्दै क्वालिफायर–२ मा पुगेको हो । उता, पहिलो क्वालिफायरमा पराजित भएपछि विराटनगर किंग्स (कप्तान सन्दीप लामिछानेको टोली) आजका लागि बाध्यतापूर्ण निर्णायक भिडन्तमा उत्रिदै छ ।

आजको विजेताले शनिबार हुने एनपीएल दोस्रो सिजनको फाइनलमा सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै फाइनल यात्रा सुनिश्चित गरेको थियो ।

लिग चरणमा लुम्बिनीले विराटनगरलाई पाँच विकेटले पराजित गरिसकेको छ । विराटनगरले दिएको १४५ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमै पाँच विकेट गुमाएर पूरा गरेको थियो, जसले आज लुम्बिनीलाई उच्च मनोबलमा मैदान छिर्न प्रेरित गरेको छ ।

आजको खेलमा विराटनगरका लागि सन्दीप लामिछानेको बलिङ महत्वपूर्ण हुनेछ भने लुम्बिनी तर्फबाट शेर मल्लले बलिङ आक्रमण सम्हाल्ने अपेक्षा छ । ब्याटिङ विभागमा विराटनगरले मार्टिन गप्टिल र फाप डुप्लिसीको प्रदर्शनमा भरोसा गर्नेछ भने लुम्बिनी तर्फ कप्तान रोहित पौडेलको योगदान निर्णायक हुन सक्छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर २५, बिहीबार ००:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP