मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रचण्डले अवलोकन गरे ध्वस्त कार्यालय, नयाँ भव्य भवन बनाउने घोषणा

2.6K
SHARES
प्रचण्डले अवलोकन गरे ध्वस्त कार्यालय, नयाँ भव्य भवन बनाउने घोषणा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा ध्वस्त पारिएको पार्टीको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयको अवलोकनमा पुगेका छन् ।

आन्दोलनका क्रममा आगजनी गरेर पूर्णरूपमा ध्वस्त पारिएको उक्त कार्यालय अवलोकनपछि पहिलोपटक सार्वजनिक भएका प्रचण्डले देशभरका कार्यकर्ताको सहयोगमा नयाँ र भव्य केन्द्रीय कार्यालय निर्माण गरिने घोषणा गरे । तर कार्यालय कहाँ निर्माण गर्ने भन्ने विषयमा उनले खुलाएका छैनन् ।

प्रचण्डका अनुसार ध्वस्त कार्यालयबाट पार्टी बैठकका माइन्युट, पुस्तकालय र केही कम्प्युटर जोगाउन सकिएको छ । उनले ती सामग्री सुरक्षित राख्न भूमिका खेलेका कर्मचारी र कार्यकर्तालाई धन्यवाद दिएका छन् ।

जेन जी आन्दोलनकै क्रममा प्रचण्ड बस्दै आएको खुमलटारस्थित निवास समेत जलाइ ध्वस्त पारिएको छ । यद्यपि सो निवास निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको भएको बताइएको छ । उता चितवनमा नवनिर्मित अर्को निवास पनि आन्दोलनकै क्रममा खरानी बनाइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ३१, मंगलवार ०७:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP