मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेसको पालिका अधिवेशन आज, पाँच पदाधिकारी चयन हुने

637
SHARES
कांग्रेसको पालिका अधिवेशन आज, पाँच पदाधिकारी चयन हुने

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारीअन्तर्गत आज देशभर पालिका तहको अधिवेशन गर्दैछ । स्थानीय तहमा पार्टीको सांगठनिक संरचना निर्माण तथा नयाँ नेतृत्व चयन गर्ने उद्देश्यले पालिका अधिवेशन आयोजना गरिएको हो ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार अधिकांश वडामा अधिवेशन सम्पन्न भइसकेको छ । केही स्थानमा बाहेक देशभर वडा अधिवेशन उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको समितिले जनाएको छ ।

बाढीपहिरो प्रभावित नुवाकोट र धादिङका सबै वडामा पनि मंगलबार अधिवेशन सम्पन्न भएको छ । मधेस प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका केही वडामा समेत अधिवेशन सफलतापूर्वक सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ ।

रसुवामा भने बाढीपहिरोबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिलाई ध्यानमा राख्दै पालिका तथा वडा अधिवेशनको प्रक्रिया केही दिनपछि अघि बढाइने भएको छ । निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार जिल्लाको विशेष परिस्थितिका कारण यस्तो व्यवस्था गरिएको हो ।

नयाँ विधान र निर्वाचन निर्देशिकाअनुसार आज हुने पालिका अधिवेशनबाट प्रत्येक पालिकामा पाँच जना पदाधिकारी निर्वाचित हुनेछन् । जसमा एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव रहने व्यवस्था छ ।

पालिकाको कोषाध्यक्ष भने निर्वाचित कार्यसमिति सदस्यहरूमध्येबाट सभापतिले मनोनयन गर्ने प्रावधान रहेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन ७, बुधबार ००:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP