मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रियसभा सदस्य निर्वाचन: आज उम्मेदवार मनोनयन दर्ता

793
SHARES
राष्ट्रियसभा सदस्य निर्वाचन: आज उम्मेदवार मनोनयन दर्ता

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरूको मनोनयन दर्ता हुने भएको छ । निर्वाचन आयोगका अनुसार मनोनयन दर्ता कार्यक्रम बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ ।

आयोगले आगामी माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । यस निर्वाचनमार्फत राष्ट्रियसभामा रिक्त हुन लागेको १८ सदस्यका लागि प्रतिनिधि चयन गरिनेछ । ती सदस्यहरूको कार्यकाल आगामी फागुन २० गतेदेखि समाप्त हुँदैछ ।

यसअघि आयोगले पुस १९ गते मतदाता नामावली प्रकाशन गरेको थियो । त्यसपछि मतदाता नामावलीमा दाबी–विरोध परे नपरेको यकिन गरी मङ्गलबार अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरिसकिएको छ ।

निर्वाचन कार्यतालिकाअनुसार पुस २४ गते उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको छ । त्यसैगरी पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिन सक्नेछन् र सोही दिन दिउँसो अन्तिम उम्मेदवार नामावली प्रकाशन गरिनेछ । पुस २८ गते उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता रहने व्यवस्था छ ।

आयोगले राष्ट्रिय जनगणना २०७८ का आधारमा मतदाता संख्या र मतभारसमेत सार्वजनिक गरिसकेको जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष २३, बुधबार ००:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP