मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशको राजनीति अझै सहज छैन, जनतामा निराशा बढ्दो छ: प्रचण्ड

689
SHARES
देशको राजनीति अझै सहज छैन, जनतामा निराशा बढ्दो छ: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको राजनीतिक अवस्था अझै पनि सहज बन्न नसकेको बताएका छन् । उनले जनअपेक्षाअनुसार शासन सञ्चालन हुन नसक्दा नागरिकमा निराशा बढ्दै गएको टिप्पणी गरेका हुन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गरे । उनले सरकारका गतिविधिले नागरिकमा विश्वास जगाउन नसकेको उल्लेख गर्दै जनतामा झन् अन्योल र असन्तुष्टि बढेको बताए । उनका अनुसार देशको समग्र अवस्था हेर्दा जनता थप झस्किएको अनुभूति गरिरहेका छन् ।

प्रचण्डले मुलुकमा हुने सकारात्मक उपलब्धिको जस मात्र होइन, कमजोरी र बेथितिको जिम्मेवारी पनि राजनीतिक नेतृत्वले नै लिनुपर्ने धारणा राखे । राजनीतिक दल र नेतृत्वले आफ्नो दायित्वबाट पन्छिन नमिल्ने उनको भनाइ थियो ।

सुनसरीको कप्तानगन्जमा भएको घटनाको प्रसंग उठाउँदै उनले त्यसलाई देशमा बढ्दो बेथिति र अराजकताको संकेतका रूपमा व्याख्या गरे । त्यस्ता घटनाको जिम्मेवारी राजनीतिक नेतृत्वले स्वीकार गर्दै सुधारका लागि गम्भीर पहल गर्नुपर्ने आवश्यकता रहेको उनले जोड दिए ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण १४, बिहीबार ०८:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP