मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एमालेको ११औँ महाधिवेशन: आजदेखि बन्दसत्र, नयाँ नेतृत्व चयन प्रक्रिया सुरु

2.2K
SHARES
एमालेको ११औँ महाधिवेशन: आजदेखि बन्दसत्र, नयाँ नेतृत्व चयन प्रक्रिया सुरु

काठमान्डु । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज (आइतबार) काठमान्डुको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीका अनुसार बिहान साढे ७ बजेदेखि बन्दसत्र सञ्चालन हुनेछ ।

शनिबार भक्तपुरको सल्लाघारीमा उल्लेख्य जनसहभागिता र शक्ति प्रदर्शनसहित महाधिवेशनको औपचारिक उद्घाटन सम्पन्न भएपछि एमाले आजबाट नेतृत्व चयनको प्रक्रियामा प्रवेश गरेको हो । बन्दसत्रमार्फत पार्टीको आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गरिनेछ ।

देशभर रहेका करिब साढे ६ लाख पार्टी सदस्यहरूमध्येबाट छनोट भएका २ हजार २ सय ६२ जना प्रतिनिधिहरूले मतदान वा सहमतिका आधारमा केन्द्रीय नेतृत्व चयन गर्नेछन् । महाधिवेशनले एक अध्यक्ष, एक महासचिव, तीन उपाध्यक्ष, तीन उपमहासचिव, सात सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।

महाधिवेशन व्यवस्थापनका लागि हालका सबै पदाधिकारी समेटिएको अध्यक्षमण्डल गठन भइसकेको छ । साथै, महाधिवेशन प्रस्ताव लेखन तथा माइन्युट लेखन समितिको जिम्मेवारी उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलाई दिइएको छ ।

पार्टी नेतृत्वका अनुसार नयाँ नेतृत्व सहमतिमै टुङ्ग्याउने प्रयास भइरहेको छ । तर सहमति जुट्न नसकेमा मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिनेछ । त्यसका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी गरिएको छ, जसको परीक्षण शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न भइसकेको छ ।

महाधिवेशनबाट चयन हुने नेतृत्वले पार्टीको भावी राजनीतिक दिशा, संगठन सुदृढीकरण र राष्ट्रिय राजनीतिमा एमालेको भूमिकालाई नयाँ ढंगले अघि बढाउने अपेक्षा गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर २८, आईतवार ००:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP