मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

लगानी बोर्डको सीईओमा याङ्की उक्याव नियुक्त

299
SHARES
लगानी बोर्डको सीईओमा याङ्की उक्याव नियुक्त

काठमाडौं । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा विकास अर्थशास्त्री याङ्की उक्यावलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावका आधारमा उनलाई चार वर्षे कार्यकालका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै याङ्कीलाई लगानी बोर्डको नेतृत्व सुम्पिएको जानकारी दिए ।

यसअघि सीईओ पदका लागि दुई दर्जनभन्दा बढी व्यक्तिले आवेदन दिएका थिए । सिफारिस समितिले आवेदनमध्ये आठ जनाको नाम प्रारम्भिक छनोटमा राखी अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण गराएको थियो । त्यसपछि समितिले याङ्की उक्याव, मनोज पौडेल र जितेन्द्र धितालको नाम अन्तिम सिफारिस सूचीमा समावेश गरेको थियो । तीमध्येबाट मन्त्रिपरिषद्ले याङ्कीलाई छनोट गरेको हो ।

याङ्की उक्याव विकास अर्थशास्त्र तथा सार्वजनिक नीति क्षेत्रमा लामो अनुभव भएकी विज्ञ हुन् । उनले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को प्रशान्त क्षेत्रीय कार्यालयमा वरिष्ठ नीति सल्लाहकारका रूपमा काम गरिसकेकी छन् । साथै, यूएनडीपी नेपालमा विकास अर्थशास्त्रीको जिम्मेवारी पनि सम्हालेकी थिइन् ।

उनले बेलायतको अक्स्फोर्ड विश्वविद्यालयबाट सार्वजनिक नीतिमा स्नातकोत्तर अध्ययन पूरा गरेकी छन् । सार्वजनिक नीति, दिगो विकास, संघीय वित्तीय प्रणाली, सार्वजनिक लगानी, पूर्वाधार विकास तथा विकास अर्थशास्त्रका क्षेत्रमा उनको विशेष दक्षता रहेको बताइन्छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण २०, बुधबार ०९:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP