मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

झुम्का कारागारबाट ठूलो संख्यामा कैदी फरार

2.8K
SHARES
झुम्का कारागारबाट ठूलो संख्यामा कैदी फरार

सुनसरी । झुम्का कारागारमा मंगलबार राति ठूलो सुरक्षा चुनौती उत्पन्न भएको छ । आफूलाई जेनजी आन्दोलनका प्रदर्शनकारी बताउने एक समूहले आक्रमण गरेपछि कैदीबन्दी भागेका छन् ।

कारागार प्रमुख सुवास लामिछानेका अनुसार झुम्का कारागारको ब्लक ए र बीमा गरी जम्मा १०९८ कैदीबन्दी थिए । तीमध्ये ूधेरै कैदीू फरार भएको पुष्टि भएको छ, यद्यपि ठ्याक्कै संख्या भने खुलाइएको छैन ।

कारागार प्रशासनका अनुसार आक्रमणकारी समूहले अत्यधिक बल प्रयोग गरेपछि सुरक्षाकर्मीहरू पछि हट्न बाध्य भएका थिए । त्यसपछि नेपाली सेनाको टोली घटनास्थलमा पुगेको हो। सेनाको सहयोगपछि केही कैदीबन्दी पुनः नियन्त्रणमा आएको जनाइएको छ ।

यसैबीच, मोरङस्थित इलाका प्रहरी कार्यालय पथरीबाट १९ जना र उर्लाबारीबाट १४ जना थुनुवा पनि फरार भएको मोरङ जिल्ला प्रहरी स्रोतले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २५, बुधबार ०२:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP