मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गृह मन्त्रालयको आग्रहः ‘विरोध शान्तिपूर्ण होस्’

2.3K
SHARES
गृह मन्त्रालयको आग्रहः ‘विरोध शान्तिपूर्ण होस्’

काठमाडौं । गृह मन्त्रालयले देशभर हुने प्रदर्शन तथा विरोधका कार्यक्रमहरू शान्तिपूर्ण र अहिंसात्मक रूपमा गर्न आग्रह गरेको छ ।

हालै भएका जेन–जी आन्दोलनका क्रममा देखिएका गतिविधि र सम्भावित घुसपैठलाई मध्यनजर गर्दै मन्त्रालयले कुनै पनि सभा, जुलुस वा विरोध कार्यक्रमले अन्य पक्षलाई असर नपर्ने र उक्साहट सिर्जना नगर्ने गरी सञ्चालन गर्न सबैसँग आग्रह गरेको हो ।

मन्त्रालयद्वारा जारी अनुरोधमा भनिएको छ— ‘राष्ट्रहित, सुशासन र भ्रष्टाचारविरुद्धका मागसहित भदौ २३ र २४ गते जेनजी युवाहरूको अगुवाइमा भएको आन्दोलनपछि नयाँ सरकार गठन भइसकेको छ र आम निर्वाचनको प्रारम्भिक प्रक्रिया सुरु भएको छ । यस्तो अवस्थामा सभा, सम्मेलन, बैठक वा विरोध कार्यक्रम सञ्चालन गर्दा अहिंसा र शान्तिको मर्यादाभित्र रहनु जरूरी छ । समाजमा शान्ति, सुव्यवस्था र सुरक्षाको वातावरण कायम राख्न सबै पक्षले सहयोग गर्नुहुने अपेक्षा गरिएको छ ।’



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ११, शनिबार ०७:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP