मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सरकारले आ.व. २०८३/८४ का लागि बजेट सार्वजनिक गर्दै

403
SHARES
सरकारले आ.व. २०८३/८४ का लागि बजेट सार्वजनिक गर्दै

काठमाडौं । संघीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले नयाँ बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिउँसो ४ः०० बजे सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा बजेट प्रस्तुत गर्ने कार्यतालिका तय गरिएको छ ।

गत फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनपछि करिब दुई तिहाइसहित गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले ल्याउन लागेको यो पहिलो पूर्ण बजेट भएकाले राजनीतिक तथा आर्थिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ । सरकारले यसपटकको बजेटलाई सुशासन, प्रशासनिक सुधार, रोजगारी सिर्जना र उत्पादनमुखी अर्थतन्त्र निर्माणतर्फ केन्द्रित गर्ने संकेत दिएको छ ।

अर्थ मन्त्रालयका अनुसार बजेट निर्माणमा पार्टीको निर्वाचन घोषणापत्र, सरकारको १०० बुँदे शासकीय सुधार कार्ययोजना तथा संसद्मा प्रस्तुत विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तलाई आधार बनाइएको छ । सांसदहरूका सुझाव, निजी क्षेत्र तथा विभिन्न सरोकारवाला निकायबाट प्राप्त रायलाई पनि समेट्ने प्रयास गरिएको जनाइएको छ ।

यस वर्षको बजेटलाई पारदर्शी, व्यवस्थित र परिणाममुखी बनाउने लक्ष्य सरकारको रहेको छ । विकास खर्चको प्रभावकारिता बढाउने, अनावश्यक खर्च नियन्त्रण गर्ने तथा राजस्व संकलन सुधार गर्ने विषयलाई प्राथमिकतामा राखिएको बुझिएको छ ।

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ९० अर्ब रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको थियो । यद्यपि, अन्तिम बजेटको आकार त्यसकै हाराहारीमा रहने अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षमा प्रारम्भिक रूपमा १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याइए पनि पछि गरिएको मध्यावधि समीक्षामार्फत त्यसलाई घटाएर १६ खर्ब ८८ अर्ब रुपैयाँमा सीमित गरिएको थियो । कमजोर पूँजीगत खर्च, घट्दो राजस्व संकलन र आर्थिक दबाबका कारण सरकार पुनः खर्च व्यवस्थापनमा सावधानी अपनाउने तयारीमा देखिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ १५, शुक्रबार ००:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP