मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पश्चिमी तथा स्थानीय वायुको प्रभाव: हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

1.1K
SHARES
पश्चिमी तथा स्थानीय वायुको प्रभाव: हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु प्रणालीसँगै स्थानीय वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका साथै देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था देखिएको छ ।

आज दिउँसो हिमाली क्षेत्रमा सामान्यतया बदली रहनेछ भने पहाडी र तराई भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ । कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा, साथै बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

आज राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा सामान्य बदली रहनेछ भने अन्य हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । पहाडी र तराई क्षेत्रको मौसम भने अधिकांश स्थानमा सफा रहने अपेक्षा गरिएको छ ।

त्यसैगरी, कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा रातिको समयमा पनि हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र १८, बुधबार ००:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP