मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पर्वतमा पहिरोः बेपत्ता दम्पतीमध्ये श्रीमानको शव फेला

2.8K
SHARES
पर्वतमा पहिरोः बेपत्ता दम्पतीमध्ये श्रीमानको शव फेला

पर्वत । जिल्लाको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरोले पुरिएको घरभित्र बेपत्ता भएका एक दम्पतीमध्ये श्रीमानको शव फेला परेको छ ।

शनिबार रातिदेखि लगातार परेको अविरल वर्षासँगै घरमाथिबाट खसेको पहिरोले छविलाल विश्वकर्मा (७६) र उनकी श्रीमती विष्णुमती बिक (७६) लाई पुरेको थियो । पहिरोले घरको एकापट्टीको भित्तो भत्किएर उनीहरूलाई पुरेको स्थानीयले बताएका छन् ।

जननेत्र माध्यमिक विद्यालय देउपुरका शिक्षक भूमिराज शर्माका अनुसार, बिहानैदेखि खोजी कार्यमा जुटेका स्थानीयले आइतबार बिहान करिब सवा ९ बजे छविलालको शव पहिरोस्थलमै भेटेका हुन् ।

विष्णुमतिको खोजी कार्य अहिले पनि जारी छ । मोदी गाउँपालिका डिमुवाबाट आएको प्रहरी टोलीसहित जिल्ला प्रहरी कार्यालय पर्वत र डिमुवा प्रहरी चौकीबाट थप जनशक्ति परिचालन गरिएको छ । तर पहिरोका कारण गाउँमा पुग्ने बाटो अवरुद्ध भएकाले उद्धारमा कठिनाइ भइरहेको जनाइएको छ ।

मोदी गाउँपालिकाको केन्द्र पातिचौरबाट पहिरो प्रभावित क्षेत्रमा सामान्य अवस्थामा एकदेखि डेढ घण्टामा पुग्न सकिन्छ । तर पहिरोका कारण सडक आवागमन ठप्प भएको छ ।

उक्त घरमा बस्दै आएकी छविलाल दम्पतीकी बुहारी पवित्रा बिक (३२) भने समयमै भागेर ज्यान जोगाउन सफल भएकी छन् ।

शनिबार रातिदेखि पर्वत जिल्लासहित वरपरका क्षेत्रमा भारीदेखि अति भारी वर्षा भइरहेकाले खोला र नदीहरूमा जलप्रवाह उच्च छ । यसले गर्दा अन्य स्थानमा पनि जोखिम बढेको जनाइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ४, आईतवार ०४:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP