मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

साम्पाङको नेतृत्वमा नयाँ राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ दर्ता

3.5K
SHARES
साम्पाङको नेतृत्वमा नयाँ राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ दर्ता

काठमाडौं । धरान उपमहानगरपालिकाका वर्तमान मेयर हर्क साम्पाङ नेतृत्वमा नयाँ राजनीतिक दल श्रम संस्कृति पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आइतबार दिउँसो साम्पाङलाई दर्ताको प्रमाणपत्र प्रदान गरिएको जानकारी दिए । “उहाँलाई भर्खरै पार्टी दर्ताको प्रमाणपत्र प्रदान गरियो,” उनले भने ।

साम्पाङ गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रूपमा धरान उपमहानगरपालिकाको मेयर पदमा विजयी भएक थिए । केही समयअघि उनले आफ्नो अध्यक्षतामा नयाँ दल गठन गर्ने योजना अघि बढाएका थिए । यही उद्देश्यका लागि असोज १२ गते निर्वाचन आयोगमा दर्ताका लागि निवेदन बुझाइएको थियो ।

पार्टीले ‘माटो’लाई आफ्नो चुनाव चिन्हको रूपमा चयन गरेको छ ।

पार्टी संरचनामा उपाध्यक्ष देवराज लामा, महासचिव आर्यन राई, र कोषाध्यक्ष समिता राई रहेका छन् ।

साम्पाङले पार्टी गठनसँगै देशभर युवापुस्ता र श्रमजीवी वर्गको प्रतिनिधित्व सुनिश्चित गर्ने योजना रहेको बताए । उनका अनुसार, “श्रम संस्कृति पार्टीले स्थानीय तहदेखि संघीय तहसम्मको नीति निर्माणमा सर्वसाधारणको आवाज उठाउने छ ।”

यो दलको दर्ताले आगामी निर्वाचनमा नयाँ राजनीतिक विकल्पको रूपमा देखिने सम्भावना बढाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १६, आईतवार ०९:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP