मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौं–१ मा कांग्रेसको ‘सिफारिस’ उल्टियो, सिफारिसबाहिरका प्रबल थापालाई टिकट, सुधारको नारामाथि प्रश्न

1.9K
SHARES
काठमाडौं–१ मा कांग्रेसको ‘सिफारिस’ उल्टियो, सिफारिसबाहिरका प्रबल थापालाई टिकट, सुधारको नारामाथि प्रश्न

काठमाडौं । “नेपाली कांग्रेस अब दास र लासको पार्टी रहेन” भन्दै पार्टी सुधारको चर्को वकालत गर्दै आएका महामन्त्री गगन थापा र संस्थापन इतर समूहले उठाउँदै आएको विधि र पद्धतिको नारा काठमाडौं निर्वाचन क्षेत्र नं. १ मा भने विवादको केन्द्रमा पुगेको छ । क्षेत्रीय कार्यसमितिले सर्वसम्मत रूपमा सिफारिस गरेका १२ जना आकांक्षीलाई पाखा लगाउँदै कुनै पनि सूचीमा नरहेका प्रबल थापा काजीले टिकट पाएपछि नेपाली कांग्रेस भित्र असन्तुष्टि चुलिएको छ ।

पार्टीको विधि, विधान र तल्लो कमिटीको सिफारिसलाई बेवास्ता गर्दै गरिएको निर्णयले कांग्रेसको आन्तरिक लोकतन्त्रमाथि नै गम्भीर प्रश्न उठेको नेताहरूको भनाइ छ । क्षेत्रीय तहबाट आएको सिफारिसलाई बेवास्ता गरिएको भन्दै स्थानीय नेता तथा कार्यकर्ताहरूले असन्तोष व्यक्त गरेका छन् ।

को हुन् प्रबल थापा? के हो ‘पावर” को चर्चा?
पार्टीको कुनै पनि कमिटीबाट सिफारिस नभएका प्रबल थापाले टिकट पाउनुमा राजनीतिक योगदानभन्दा पनि ‘शक्तिशाली पारिवारिक सम्बन्ध’ प्रभावकारी बनेको आरोप कांग्रेसभित्रै उठेको छ । प्रबल थापा विवादास्पद छवि भएका अख्तियारका पूर्व प्रमुख लोकमानसिंह कार्कीका ज्वाईं हुन् भने राप्रपाका नेता कमल थापा का भान्जा समेत रहेको चर्चा छ ।

“काठमाडौं–१ मा कांग्रेसले आफ्ना कार्यकर्ताको मूल्यांकन गर्छ कि शक्ति केन्द्रका आफन्तको?” भन्दै एक आकांक्षीले आक्रोश व्यक्त गरेका छन् । उनका अनुसार बाह्य प्रभावले टिकट वितरण भएको सन्देश जाँदा कार्यकर्ताको मनोबल कमजोर हुने जोखिम बढेको छ ।

सिफारिसमा परेका १२ जना परे पाखा
क्षेत्रीय कार्यसमिति र निर्वाचन क्षेत्र समन्वय समितिले लामो छलफलपछि केन्द्रमा पठाएको सिफारिस सूचीमा परेका १२ जना आकांक्षी अहिले नेतृत्वको निर्णयप्रति असन्तुष्ट देखिएका छन् । सिफारिस सूचीमा प्रकाशमान सिंह, मोहन कुमार राई, आदर्श विक्रम कार्की, डा. सुरज काफ्ले, रवि सिंह, ऋषि कोइराला, गणेश केसी, रामबाबु प्रसाईं, मनोज कटुवाल, दिलीप गौतम, प्रभाकर पाण्डे र बाबुराम आचार्य रहेका थिए ।

यी नामलाई बेवास्ता गर्दै १३औँ व्यक्तिका रूपमा प्रबल थापालाई अघि सारिएको निर्णयले काठमाडौं कांग्रेसभित्र असन्तोष बढाएको नेताहरूको भनाइ छ ।

नेतृत्वको भूमिकामाथि प्रश्न
पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको सहमति बिना यस्तो निर्णय सम्भव नभएको भन्दै सामाजिक सञ्जालमा नेतृत्वको आलोचना भइरहेको छ । “विधि र पद्धतिको कुरा गर्ने नेतृत्व आफ्नै क्षेत्रमै मौन किन?” भन्ने प्रश्न कार्यकर्तामाझ उठ्न थालेको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार तल्लो कमिटीको सिफारिसलाई बेवास्ता गर्ने शैलीले आगामी निर्वाचनमा काठमाडौं–१ मा कांग्रेसलाई राजनीतिक रूपमा महँगो पर्न सक्ने संकेत देखिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन ६, बुधबार ०७:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP