मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मौसम पूर्वानुमान: मनसुन सक्रिय, धेरै प्रदेशमा भारी वर्षाको सम्भावना

429
SHARES
मौसम पूर्वानुमान: मनसुन सक्रिय, धेरै प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थान आसपास तथा पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालनजिक रहेको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र कोशी प्रदेशका केही भूभागमा मध्यम वर्षा भइरहेको छ । गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा समेत भइरहेको विभागले जनाएको छ ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा धेरै स्थानमा तथा कोशी र बागमतीका हिमाली–पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । तराईका विभिन्न क्षेत्रमा पनि वर्षा हुने पूर्वानुमान गरिएको छ ।

गण्डकी र कर्णालीका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ ।

रातिको समयमा पनि देशभर बदली रहनेछ । हिमाली क्षेत्रमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा धेरै स्थानमा वर्षा हुन सक्नेछ । यी प्रदेशका केही स्थानमा भारी वर्षा तथा सुदूरपश्चिमका एक–दुई स्थानमा धेरै भारी वर्षासमेत हुनसक्ने पूर्वानुमान छ ।

भारी वर्षाको सम्भावना रहेका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण ३१, आईतवार ००:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP