मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

निर्वाचन आयोगद्वारा सात राजनीतिक दल खारेज

2.7K
SHARES
निर्वाचन आयोगद्वारा सात राजनीतिक दल खारेज

काठमाडौं । निर्वाचन आयोगले हालसम्म दर्ता रहेका सात राजनीतिक दल खारेज गरेको छ । आयोगका अनुसार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट (समाजवादी) तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी लगायतका दलहरू खारेज सूचीमा परेका छन् ।

यी दलले कात्तिक १९ गते एकता घोषणा गर्दै नयाँ दल ‘नेपाली कम्युनिस्ट पार्टी (नेकपा)’ गठन गरेका थिए । एकीकृत दलले सोही दिन आयोगमा दर्ताका लागि निवेदन दिई हाल प्रमाणपत्रसमेत प्राप्त गरिसकेको छ ।

खारेज गरिएका अन्य दलमा वामदेव गौतमको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान तथा सीके राउतबाट अलग भएर दर्ता भएको जनस्वराज पार्टी समेत रहेका आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिए ।

प्रवक्ता भट्टराईका अनुसार आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आइतबारसम्म ३५ दलले निवेदन दिएका छन्, जसमा २८ दलको दर्ता प्रक्रिया आयोगमा चलिरहेको छ । आयोगले पहिले तय गरेको तालिका अनुसार कात्तिक ३० गतेसम्म दल दर्ता प्रमाणपत्र लिनुपर्ने व्यवस्था थियो । तर, सो निर्णय परिमार्जन गर्दै आयोगले मंसिर ५ गतेसम्म निवेदन दिने दललाई पनि निर्वाचनमा सहभागी हुन सक्ने व्यवस्था मिलाएको छ ।

‘दल दर्ताको समय आइतबारबाट सकिएको छ । सोमबारदेखि निर्वाचनमा भाग लिने दलहरूको औपचारिक दर्ता प्रक्रिया अघि बढ्छ,’ भट्टराईले भने । आयोगले समय अभावका बीच पनि निर्वाचन र दल दर्ता प्रक्रियालाई सहज बनाउन छुट्टाछुट्टै डेस्कमार्फत निरन्तर सेवा दिइरहेको उनले बताए ।

यसैबीच, मतदाता नामावली अध्यावधिकका लागि आयोगमा चाप बढिरहेको छ । भट्टराईका अनुसार हालसम्म ४ लाख ८५ हजार नागरिकको विवरण अध्यावधिक भएको छ, जिनमध्ये २ लाख ८५ हजारले कार्यालयमा उपस्थित भएर तथा २ लाखले राष्ट्रिय परिचयपत्रमार्फत अध्यावधिक गराएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १, सोमबार ००:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP