मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रौतहटमा सुटकेशभित्र फेला परेको शव २६ वर्षीया महिलाको

2.5K
SHARES
रौतहटमा सुटकेशभित्र फेला परेको शव २६ वर्षीया महिलाको

रौतहट । सदरमुकाम गौरमा सुटकेशभित्र फेला परेको शवको सनाखत भएको छ । मृतक रौतहटको माधव नारायण नगरपालिका–२ महादेवपट्टीकी २६ वर्षीया रुबीकुमारी साह भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले जानकारी दिएका छन् ।

गौर–सिरसिया सडकखण्डअन्तर्गत गौर नगरपालिका–९ मा रहेको दिव्यज्योति स्कुलको गेट नजिकै गएराति स्थानीयले ठूलो सुटकेश देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

डीएसपी कार्कीका अनुसार रुबी आमासँगै बस्ने गर्थिन् र सोमबार दिउँसो घरबाट बाहिर निस्किएकी थिइन् । दिउँसो करिब ४ बजेसम्म परिवारसँग सम्पर्क भए पनि त्यसपछि सम्पर्कविहीन भएकी थिइन् ।

प्रारम्भिक अनुसन्धानअनुसार घाँटी कसी हत्या गरेर शव सुटकेशमा हालिएको अनुमान गरिएको छ । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको प्रहरीले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ८, आईतवार ०४:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP