मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नारायणी अस्पतालमा उपचारका क्रममा कैदीको मृत्यु, आफन्तको प्रदर्शन

1.5K
SHARES
नारायणी अस्पतालमा उपचारका क्रममा कैदीको मृत्यु, आफन्तको प्रदर्शन

वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालमा उपचार भइरहेका बेला मंगलबार एकजना कैदीको मृत्यु भएको छ । मृत्यु हुने वीरगन्ज महानगरपालिका–२५ निवासी ३ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा जेल सजाय काटिरहेका राहुल साह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रका अनुसार साहलाई बिहान कारागारभित्र व्यायाम गर्दै गर्दा स्वास्थ्य समस्या आएको थियो । ‘उनी तत्कालै अस्पताल ल्याइए, तर उपचारका क्रममा मृत्यु भयो,’ मिश्रले बताए ।

साहमाथि अदालतले २५ वर्षको कैद सजाय सुनाएको थियो ।

मृत्युको खबर बाहिरिएसँगै साहका आफन्तहरूले अस्पताल, जेल प्रशासन र चिकित्सकमाथि लापरबाहीको आरोप लगाउँदै नारायणी अस्पताल बाहिर टायर बालेर प्रदर्शन गरेका छन् ।

परिवारको दाबी अनुसार प्रारम्भिक उपचारपछि अस्पतालले अन्यत्र पठाउन सिफारिस गरे पनि जेल प्रशासनले अनुमति नदिँदा मृत्यु भएको हो । उनीहरूले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २७, मंगलवार ०८:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP