मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपालले दोहोर्यायो एसीसी यु–१६ इस्ट जोन कपको विजयी यात्रा

3.8K
SHARES
नेपालले दोहोर्यायो एसीसी यु–१६ इस्ट जोन कपको विजयी यात्रा

काठमाडौं । नेपाली यु–१६ टोलीले फेरि एक पटक आफ्नो क्षमता प्रमाणित गर्दै एसीसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि जितेको छ । रोमाञ्चक फाइनल खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि आफ्नो पोल्टामा पारेको हो ।

सिंगापुरले प्रस्तुत गरेको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमै ८ विकेट गुमाउँदै ११७ रन बनाउँदै पूरा गर्यो । यस जितसँगै समूह चरणमा प्राप्त जितलाई फाइनलमा दोहोर्याउँदै नेपालले पुनः सिंगापुरलाई हराएको छ ।

स्मरणीय छ, यसै प्रतियोगिताको समूह चरणमा पनि नेपालले सिंगापुरमाथि ६ विकेटको जित दर्ता गर्दै शीर्ष स्थान हासिल गरेको थियो ।

नेपालले यसअघि सन् २०२३ मा पनि उपाधि जितेको थियो । यस पटकको जितले नेपालको यु–१६ टोलीलाई लगातार दोस्रो उपाधि दिलाउँदै क्षेत्रीय क्रिकेटमा बलियो हैसियत स्थापित गराएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार २१, शनिबार ०८:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP