मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

युद्धविरामपछि गाजाबाट इजरायली सेनाको आंशिक फिर्ता, बन्दी विनिमय प्रक्रिया अघि बढ्दै

1.6K
SHARES
युद्धविरामपछि गाजाबाट इजरायली सेनाको आंशिक फिर्ता, बन्दी विनिमय प्रक्रिया अघि बढ्दै

गाजा । इजरायल र हमासबीच सहमतिपछि लागू भएको युद्धविरामसँगै इजरायली सेनाले शुक्रबार बिहान गाजाको केही भागबाट आफ्नो उपस्थिति आंशिक रूपमा घटाएको छ । सेनाले सहमतिअनुसार केही क्षेत्रमा पछि हटेको जनाएको छ, तर उनीहरूले अझै गाजा पट्टीको करिब आधा भूभाग नियन्त्रणमा राखेका छन् ।

यो युद्धविराम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा तयार गरिएको बन्दी फिर्ता तथा संघर्षविराम सम्झौताको पहिलो चरण अनुमोदन भएलगत्तै सुरु भएको हो । बाँकी चरणहरूबारे वार्ता जारी राखिएको जनाएको छ ।

बन्दी विनिमयको तयारी
सम्झौताअनुसार हमासले सोमबार दिउँसो १२ बजेभित्र सबै इजरायली बन्दीहरू रिहा गर्नुपर्नेछ । तीमध्ये २० जना जीवित र २८ जनासम्मको शव रहेको ठानिन्छ । यसको साटोमा इजरायलले आफ्ना जेलमा सजाय काटिरहेका करिब २५० प्यालेस्टिनी कैदीलाई मुक्त गर्ने योजना अघि बढाएको छ ।

मानवीय सहायता प्रवेशको अपेक्षा
युद्धविरामको सर्तअन्तर्गत गाजाका आम नागरिकका लागि अत्यावश्यक सहायता लिएर ट्रकहरू प्रवेश गरिनुपर्नेछ । शुक्रबारदेखि दैनिक झन्डै ६ सय ट्रक गाजामा भित्रिने अनुमान गरिएको छ, तर सहायता वितरणका ठोस व्यवस्थाबारे अझै स्पष्टता आइसकेको छैन ।

गत अगस्टमा संयुक्त राष्ट्रसमर्थित विज्ञहरूले गाजाको एक भागमा पहिलो पटक औपचारिक रूपमा अनिकाल घोषणा गरेका थिए । उनको मूल्याङ्कन अनुसार ५ लाखभन्दा बढी मानिस ‘विनाशकारी’ अवस्थाबाट गुज्रिरहेका छन् ।

अमेरिकी निगरानी टोली सारिँदै
यसबीच, अमेरिकी अधिकारीहरूले युद्धविरामको निगरानीका लागि मध्यपूर्वमा रहेका २०० जनासम्मका सैनिकहरू इजरायलतर्फ स्थानान्तरण गरिने बताएका छन् । इजरायली सेनाले पनि आफ्ना फौजहरू ‘नयाँ तैनाथी रेखामा जान थालेको’ पुष्टि गरेको छ । अमेरिकी विशेष दूतले यसलाई ‘पहेँलो रेखा’को नाम दिएका छन् । (बीबीसी)



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन २५, शनिबार ०६:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP