मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

छोरीले काजकिरिया गरेको भन्दै समाजको धम्की, बनेपाकी उपप्रमुखको दृढता

2.3K
SHARES
छोरीले काजकिरिया गरेको भन्दै समाजको धम्की, बनेपाकी उपप्रमुखको दृढता

काभ्रे । मृत्युपछि बैतर्नी पार गर्न छोराले मात्र काजकिरिया गर्नुपर्छ भन्ने रुढीवादी मान्यता तोड्दै बनेपा नगरपालिकाकी उपप्रमुख विमला सापकोटा र उनका दुई बहिनीहरूले आफ्ना बुवाको दाहसंस्कार तथा किरियामा बसेका छन् । सामाजिक बहिष्कारको धम्कीका बीच पनि उनीहरूले यो कदम पछाडि हटाएर रोकिएनन् ।

९१ वर्षको उमेरमा आइतबार निधन भएका हरिप्रसाद सापकोटाका छोरा नभएकाले दागबत्ती कसले दिने भन्ने चर्चाका बीच विमला, निर्मला र राधिका — तीनै छोरीहरूले दाहसंस्कार गरि १३ दिनको किरिया बस्न थालेका हुन् ।

काजकिरिया गर्ने क्रममा समाजका केही व्यक्तिहरूले बहिष्कारको तयारी गरेको थाहा पाएपछि विमलाले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरिन् । उनले लेखिन्— “महिलामाथिको विभेद कहिले अन्त्य हुन्छ ? आफ्नै बाउको काजकिरिया गर्दा सामाजिक बहिष्कारको बैठक भइरहेको छ । हामीले अरूको वंशमा दखल गरेका छैनौं, पीडामाथि पीडा थप्ने बहस तुरुन्त रोक्नुपर्छ ।”

उनले कानुन र संविधानविपरीत कदम चालिए प्रतिरोध गर्ने चेतावनी दिँदै बहिष्कार सहन तयार रहेको बताइन् । साथै, यो कार्यले हजारौं छोरीहरूका लागि न्याय हुने दाबी गरिन् । “१३ दिन बुवाको घरमा बस्छौं, त्यसपछि सदाका लागि माइतीको ढोका बन्द गरेर आफ्नै घर फर्कन्छौं,” उनले भनिन् ।

दिदीबहिनीहरूको यस साहसिक कदमलाई सामाजिक सञ्जालमा व्यापक समर्थन मिलेको छ । हजारौं पोस्टमार्फत धेरैले समानताको पक्षमा उनलाई शुभकामना र साथ प्रकट गरेका छन् ।

सरुमा परिवारका पुरोहितले छोरीहरूले काजकिरिया गर्न अनुमति दिएका थिए । तर समाजबाट पुरोहितलाई समेत बहिष्कार गर्ने धम्की आएपछि उनी पछि हटे । हाल अर्कै पुरोहितमार्फत काजकिरिया भइरहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २६, सोमबार ११:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP