मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भिजिट भिसा प्रकरणमा छानबिनको मागः रास्वपा–राप्रपाको संसद्‌मा अवरोध

2.4K
SHARES
भिजिट भिसा प्रकरणमा छानबिनको मागः रास्वपा–राप्रपाको संसद्‌मा अवरोध

काठमाडौं । भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बिहीबारको प्रतिनिधिसभा बैठकमा पनि तीव्र विरोध जनाएका छन् ।

संसद्‌ बैठक सुरु हुनासाथ दुवै दलका सांसदहरू उठेर सरकारको विरोधमा उभिएका थिए । उनीहरूले उच्चस्तरीय छानबिन समिति गठन नगरेसम्म संसद्‌मा निरन्तर अवरोध गर्ने अडान दोहोर्याए ।

विरोधका क्रममा सभामुख देवराज घिमिरेले रास्वपाकी सांसद डा. तोसिमा कार्कीलाई बोल्न समय दिए । सांसद कार्कीले सरकारमाथि दमनकारी प्रवृत्तिबाट शासन चलाउन खोजेको आरोप लगाउँदै भनिन्, “सुशासनको नाममा जनताको पक्षमा बोल्नेहरूलाई जेल हाल्ने र भ्रष्टाचारमा लिप्त व्यक्तिहरूलाई पुरस्कृत गर्ने काम भइरहेको छ ।”

उनले भिजिट भिसा प्रकरणको छानबिनका लागि गठित समितिको नेतृत्व नै संदेहास्पद व्यक्तिलाई दिइएको भन्दै अस्वीकार गरिन् । “हामी निरन्तर विरोधमा छौं, तर हामीलाई सुनेर होइन, संसद्‌लाई जबर्जस्ती चलाइएको छ,” उनको गुनासो थियो ।

त्यसैगरी, राप्रपाका सांसद दीपकबहादुर सिंहले पनि संसदीय छानबिन समिति नबनाइएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए। साथै, उनले गंगालाल अस्पतालमा १५ वर्षमुनिका बालबालिकालाई निःशुल्क सेवा दिन सरकारले प्रतिबद्ध रकम नदिएको भन्दै स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराए ।

विरोध कायमै रहेका बेला सभामुख घिमिरेले बैठकको कार्यसूची अघि बढाएपछि दुवै दलका सांसदहरूले सदन बहिष्कार गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ८, बिहीबार ०९:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP