मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

लामिछानेविरुद्धको अभियोग संशोधन विवाद पूर्ण इजलासमा पुग्ने

312
SHARES
लामिछानेविरुद्धको अभियोग संशोधन विवाद पूर्ण इजलासमा पुग्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने निर्णयविरुद्ध परेको मुद्दा अब पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।

न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमान को संयुक्त इजलासले उक्त मुद्दा गम्भीर कानुनी प्रश्नसँग जोडिएको ठहर गर्दै पूर्ण इजलासमा पठाउने आदेश दिएको हो ।

यस मुद्दामा महान्यायाधिवक्ता कार्यालयले अभियोगपत्र संशोधन गर्ने निर्णय कानुनसम्मत नभएको दाबी गर्दै अधिवक्ताहरू दिनेश त्रिपाठी, आभास रेग्मी र युवराज पौडेल लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । उनीहरूले संशोधन प्रक्रिया प्रचलित कानुन र न्यायिक मान्यताविपरीत रहेको जिकिर गरेका छन् ।

रिट निवेदनमा अभियोगपत्र संशोधनले अनुसन्धान तथा अभियोजन प्रक्रियामा पारदर्शिता र निष्पक्षतामाथि प्रश्न उठाउने तर्क गरिएको छ । साथै, यसले कानुनी शासनको मूल मर्ममाथि असर पार्ने भएकाले सर्वोच्च अदालतले हस्तक्षेप गर्नुपर्ने माग पनि गरिएको छ ।

अब पूर्ण इजलासले यस विषयमा विस्तृत सुनुवाइ गर्दै अभियोग संशोधनको वैधानिकता, प्रक्रिया र त्यसका प्रभावबारे अन्तिम निर्णय दिनेछ । कानुन व्यवसायीहरूका अनुसार यस मुद्दाको फैसला भविष्यमा यस्तै प्रकृतिका मुद्दामा नजिर बन्न सक्ने भएकाले यसको महत्व उच्च मानिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र १५, आईतवार ११:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP