मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

तमु ल्होसार: गुरुङ समुदायको नयाँ वर्षको उत्सव

2.1K
SHARES
तमु ल्होसार: गुरुङ समुदायको नयाँ वर्षको उत्सव

काठमाडौं । आज गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षको स्वागतका रूपमा तमु ल्होसार पर्व हर्षोल्लासका साथ मनाइरहेका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई तमु ल्होसार भनिन्छ । गुरुङ समुदायका लागि यो पर्व नयाँ वर्षको सुरुवातका रूपमा विशेष महत्व राख्छ ।

सूर्यसँग जोडिएको पर्व
तमु ल्होसार सूर्यको किरण र तापसँग सम्बन्धित पर्व हो । गुरुङ बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप छिटो पुग्ने भएकाले पुस महिनामा यो पर्व मनाइने परम्परा रहेको छ । यसपछि क्रमशः तामाङ र शेर्पा समुदाय बसोबास गर्ने क्षेत्रमा सूर्यको ताप ढिलो पुग्ने विश्वासअनुसार माघ र फागुनमा ल्होसार मनाइन्छ ।

पुस १५ को खगोलीय महत्त्व
जानकारहरूका अनुसार पुस १५ गतेको रात वर्षकै सबैभन्दा लामो रात हुन्छ । यस दिनपछि रात छोटिँदै र दिन लम्बिँदै जाने भएकाले पनि तमु ल्होसारको विशेष महत्त्व रहेको मानिन्छ । प्रकृतिको यस परिवर्तनसँगै नयाँ आशा र ऊर्जाको सुरुवात हुने विश्वास समुदायमा छ ।

सरकारी बिदा र विशेष कार्यक्रम
तमु ल्होसारको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अवसरमा काठमाडौंको टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेका छन् । कार्यक्रममा समुदायका मानिसहरू परम्परागत तथा सांस्कृतिक भेषभूषामा सजिएर सहभागी भएका छन् ।

संस्कृति, नृत्य र परिकारको उत्सव
कार्यक्रममा गुरुङ समुदायका मौलिक नृत्य, सांस्कृतिक प्रस्तुति तथा परम्परागत परिकारहरूको विशेष प्रदर्शनी गरिँदैछ । यसै अवसरमा आइतबारदेखि राजधानीको टुँडिखेलमा ल्होसार महोत्सव सुरु भएको छ, जसले गुरुङ संस्कृति र पहिचानलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष १५, मंगलवार ००:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP