मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रमितेडाँडामा दुईवटा मोटससाइकल ठोकिँदा दुई जनाको मृत्यु

2.5K
SHARES
रमितेडाँडामा दुईवटा मोटससाइकल ठोकिँदा दुई जनाको मृत्यु

दोलखा । लामोसाँघु–जिरी सडकखण्डमा दुर्घटनामा परी मृत्यु भएको छ । गएराति दोलखाको भिमेश्वर नगरपालिका ६, रमितेडाँडामा दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बैतेश्वर गाउँपालिका–३ मिर्गे घर भएका २६ वर्षीय श्याम बहादुर खत्री (सुजन) र भिमेश्वर नगरपालिका–५ माटीका २४ वर्षीय शिरिस बस्नेत रहेका जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी श्रीराम तिमल्सिनाले जानकारी दिए ।

प्रहरीका अनुसार बा. ५३ प ८८९९ नम्बरको मोटरसाइकल र बा.प्र.०२–०३४ प ३२४२ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि च्छो रोल्पा अस्पताल चरिकोटमा पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनामा बा.प्र.०२–०३४ प ३२४२ नम्बरको मोटरसाइकल चालक बैतेश्वर गाउँपालिका–५ का २५ वर्षीय निर्मल खड्का सामान्य घाइते छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ११, बुधबार ०३:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP