मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ओलीको आरोपः “मदन भण्डारी फाउन्डेसन पाखण्डीको कब्जामा, ठगीको भाँडो बन्दै”

2K
SHARES
ओलीको आरोपः “मदन भण्डारी फाउन्डेसन पाखण्डीको कब्जामा, ठगीको भाँडो बन्दै”

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले स्थापना गर्न सहयोग गरेको मदन भण्डारी फाउन्डेसनमा पाखण्डीहरूको प्रभाव बढेको आरोप लगाएका छन् । उनले फाउन्डेसनलाई ‘ठगी खाने भाँडो’मा परिणत गरिएको दाबी गर्दै यसको वर्तमान नेतृत्वप्रति असन्तुष्टि प्रकट गरे ।

पार्टी मुख्यालय च्यासलमा ‘मदन–आश्रित स्मृति प्रतिष्ठान’का नवनियुक्त अध्यक्ष प्रदीप ज्ञवाली र पदाधिकारीहरूलाई सपथ ग्रहण गराउने कार्यक्रममा ओलीले फाउन्डेसनको गतिविधि मदन भण्डारीको विचार र आदर्श विपरीत रहेको टिप्पणी गरे ।

“पार्टीका सम्मानित नेताको नाममा बनेका संस्थाहरू सही बाटोमा हिँड्नुपर्छ,” ओलीले भने, “यो ठगी खाने भाँडो बन्ने परिपाटी हुनुहुँदैन । नेताको आदर्श पच्छ्याउन सक्नुपर्छ, होइन भने संस्थाको अस्तित्वको अर्थ रहँदैन ।”

अध्यक्ष ओलीका अनुसार, मदन भण्डारी फाउन्डेसन एमालेको आधिकारिक संस्था नभई सामूहिक पहलमा बनेको हो । “मदन भण्डारी र जीवराज आश्रितको जन्मदिन मनाउने अवसर नदिइएपछि हामीले मदन–आश्रित स्मृति प्रतिष्ठान बनाएका हौं,” उनले स्पष्ट पारे ।

फाउन्डेसनको भावी दिशा हेर्न बाँकी रहेको भन्दै ओलीले संस्थागत पारदर्शिता र सामूहिकता कायम राख्न आग्रह गरे । हाल उक्त फाउन्डेसनको अध्यक्षमा मदन भण्डारीकी छोरी उषाकिरण भण्डारी रहेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २६, सोमबार ११:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP